
पूर्णपुष्टि, असार १६
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।
