Monday, June 29News That Matters

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २६ गते । 

आज गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महा नगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित पुरुष पोखराको क्वरेन्टीनमा बस्दै आएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १ सय १५ जनामा संक्रमित पुगेको छ । उक्त संक्रमित मध्ये ३ जना उपचारपछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।