
पूर्णपुष्टि, भदौ २६
गण्डकी प्रदेशमा थप ६५ जना कोरोना संक्रमण पुष्टि भएका छन् ।
नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २÷२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको जनाईएको छ ।
क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकीमा संक्रमितको संख्या दुई हजार सात सय ९५ पुगेको छ ।

