Monday, July 27News That Matters

गाँजासहित १ जना पक्राउ

मोरङ, चैत्र २२

मोरङबाट लागुऔषध गाँजासहति एक जना पक्राउ परेको छ । उर्लाबारी–३ थापा चौक बस्ने ३८ बर्षीय प्रेम धिमाल गाँजा सहित पक्राउ परेको हो ।

उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले करिब चार केजी गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको एक/एक केजीको चार पोका र खुल्ला आठ सय ग्राम गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका धिमालमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।