
मोरङ, बैशाख ७ गते ।
मोरङबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–८ तोरीबारीबाट प्रमोद मिल्लक र विष्णु लिम्बु पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बेलबारी र ईप्रका केराबारीबाट खटेका प्रहरी गस्ति टोलीले शंका लागेर चेकजाँच गर्दा केराबारी गापा–१० निबासी १९ वर्षीय मल्लिक र ४१ वषीय लिम्बुको साथबाट एक केजी आठ सय ५० ग्रम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको ईप्रका केराबारीले जनाएको छ ।
