
सुनसरी, चैत्र ३०
सुनसरीमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । धरान–३ शान्तिपथमा आईतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित धनकुटा सहिदभुमि–६ का २० बर्षीय निगम राई र १९ बर्षीय शुक्रराज रार्ई पक्राउ परेका हुन् ।
को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट २ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
