गाँजा र चरेससहित २ जना पक्राउ

पूर्णपुष्टि, पुष ३०
झापामो दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । ईलाम माईसेबुङ गाउँपालिका–२ का ३२ वर्षीय दिपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया पक्राउ परेका हुन् ।
आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो । लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: