Friday, May 15News That Matters

१८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका प्रतिवादी २० वर्षपछि पक्राउ

पूर्णपुष्टि, पुष ३०
एक १८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० वर्षपछि पक्राउ गरेको छ । किशोरीको हत्या गरि फरार भएका साबिक पशुपतिनगर–३ का ४१ वर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । मन कुमारले २०५८ साल माघ ६ गते रोजिना राईको हत्या गरि फरार रहेका थिए ।

ईलामकै कन्यान घर भई आफ्नो माईती घर आएको समयमा खुर्र्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना को हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जानाएको छ । २०५८ साल काघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफुसंगै जान आग्रह गरेको र जान नमानेपछि जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भएले मन कुमारले रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाउको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।