पेस्तोल र गोलीसहित ४ जना पक्राउ

पूर्णपुष्टि, पुष ३०
जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोलीसहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका –७ घुस्कीका २० वर्षीय सबिर मिया, ३१ वर्षीय सवरेज मिया, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् ।
जिल्लाको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियारसहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो ।
सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो ।

यसैगरी, मियाकै बयानका आधारमा अन्य व्यक्तिहरु समेत हातहतियारसहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसंगै तत्काल प्रहरी परिचालन भएकोमा, थप तीन जनालाई हतिया सहित पक्राउ गरिएको हो । सवरेज मियासहित अन्य तीन जनालाई बिहिवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तीन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हातहतियारसहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0