
पूर्णपुष्टि, चैत्र १६ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको पहलमा आगलागी पडितहरुलाई राहत सहयोग मिलेको छ । आिगलागी पिडित त्रयुगा नगरपालिका ६ देउरी कुमारी चोककी कमला चौधरी र त्रियुगा नगरपालिका ११ संगम टोलकी अम्वीका मैनालीलाई राहत सहयोग मिलेको हो ।
गाईघाटका दुई ब्यापारी न्यु श्री गणेश ज्वयलर्सका प्रोपाईटर मनोज बराईली र सोनी ज्वयलर्सका संञ्जय सोनीले राहत उपलब्ध सहयोग गराएको छ । बराईली र सोनीले मैनाली र चौधरीलाई २ बोरा चामल, १ बोरा भुजा, तेल, नुन, तरकारी, दाल साथै झुल र ब्लाङकेट समेत सहयोग गरेको छ । उक्त राहत बिहिबार गाईघाट स्थित त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतका पदाधिकारी र दुई ब्यवसायीहरुले पिडितलाई प्रदान गरेको हो । राहत पाएपछि पिडितहरुले ब्यापारी र बाणिज्य संघलाई धन्यवाद ब्यक्त गरे ।
