गाईघाटका हंस अम्वर दाहल (खत्री) परिवारले गरे १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम भवन हस्तान्तरण

पूर्णपुष्टि, कार्तिक २१
गाईघाटका हंश अम्वर दाहाल (खत्री) परिवारले १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम विद्यालय भवन शान्तिधामका त्रियुगा बौद्धिक गुरुकुलम समितिलाई हस्तान्तरण गरेको छ । भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सहित शालिक अनावरण समेत गरिएको छ ।

भवनको उद्घाटन तथा हस्तान्तरण नेपाल राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री बिभुषित श्री बालसन्त मोहन शरण देवाचार्यले गर्नु भएको छ । दाहाल खत्री परिवारका हजुर बुबा स्वर्गिय हंश बहादुर दाहाल खत्री र स्वर्गिय बाबु अम्बर बहादुर दाहाल खत्रीको स्मृतिमा निर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण एक बृहत कार्यक्रम सहित आईतबार समितिलाइ जिम्मा लगाइएको छ ।स्वर्गिय हंश बहादुर दाहल खत्री २०७२ साल बैशाख १७ गते स्वर्गिय बास भएका थिए भने बुबा अम्वर बहादुर दाहाल खत्री २०७७ साल कार्तिक १४ गते स्वर्गबास भएका थिए । सोही स्मृतिको अवसर पारी छोरा तथा नातिहरुले भवन हस्तान्तरण तथा सालिक अनावरण गरेको परिवारका कान्छा छोरा राकेश खत्रीले बताए । ७ दिने पुरान सहित स्वर्गिय बुबा र हजुर बुवाको आत्माशान्तिका लागि भवन दान तथा पुराण समेत लगाईएको खत्रीले बताए ।खत्रीका अनुसार त्रियुगा नगरपालिका १२ शान्तिधाम स्थित १६ कोठे विद्यालय भवन सुविधा सम्पन्नले बनाईको र सोही भवन अगाडी बुबा र हजर बुबाको शालिक समेत खडा गरिएको जनाए । सो विद्यालय भवनको नाम श्री त्रियुगा हंश बौद्धिक गुरुकुलम राखिएको छ । भवन हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख देवी कुमारी चौधरी, जिल्ला प्रमुख अधिकारी, प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: