Monday, April 20News That Matters

सल्यानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु, चालक फरार

पूर्णपुष्टि,कार्तिक २१
सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर सडकबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयकाले जनाएको छ । प्रहरीकाअनुसार बसमा सवार चालकसहित ३१ जना रहेका छन् । ९ जना बाहेक अन्य सबै घाइते रहेको जनाएको छ ।
घाइतेहरुको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । बस धेरै स्पिड र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस चालक अझै फरार रहेको बताइएको छ । चालकको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।