Friday, May 29News That Matters

गाईघाटकी उद्यमी ज्ञानु प्रधानको स्थानीय उत्पादन, आकर्षक झोलाहरु

पूर्णपुष्टि, १६ फागुन ।गाईघाटकी उद्यमी ज्ञानु प्रधानको समय करिब १० बर्ष उत्पादन क्षेत्रमा बितिसकेको छ । प्रधानको लागानी घरेलु उत्पादन र सिलाई व्यवसायी क्षेत्रमा छ । उनि आफु उद्यमी मात्रै नभई अन्य उद्यमीहरुको सामाग्रीहरुलाई समेत बजारीकरण गर्छिन् । प्रधानले गाईघाट स्थित टेम्पोचोकमा कोशेली टेलरिङ डिजाईनिङ तथा प्रशिक्षण केन्द्र संञ्चालन गर्दै आएकी छिन् । उनले सिलाई ब्यवसायी सँगै अन्य उत्पादनहरुलाई स्टोरगरी बजारीकरण गर्दै आएकी छिन् । प्रधानले कपडा मात्रै हैन कपडा बाट बन्ने सम्पूर्ण बस्तुहरु आकर्षक डिजाईनमा सामाग्री तयार पार्छिन ।

प्रधानले पछिल्लो समय हाते झोलाहरु उत्पादन गर्दै आएकी छिन् । कम मुल्यमै आकर्षक स्थानीय झोलाहरुले ग्राहकको मन जितेको छ । प्रधानले सरसामान देखी तरकारी सम्म बोक्न मिल्ने हाते झोलाहरु निर्माण गर्दै आएकी छिन् । उनले निर्माण गरेको झोलाहरु सफल डिजाईनरहरुको भन्दा कम छैन् ।

सानो तथा ठुलो झोलाहरु आकर्षण डिजानईमा प्रधानले उत्पादन गरिरहँदा गाईघाटमै स्थानीय उत्पादनले ठाउँ पाउनेमा विश्वास गरेकी छिन् । प्रधानले ह्याण्ड ब्याग, फाईनान्स ब्याग, साईड ब्याग, र टिक टक ब्यागहरु उत्पादन गर्दै आएकी छिन् । प्रधान नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको अध्यक्ष तथा केन्द्रीय सदस्य समेत हुन् । हेर्नुहोस प्रधानले उत्पादन गरेको आकर्षक डिजानईनका झोलाहरु ।