Thursday, May 28News That Matters

बित्तिय सुशासन कायम गर्नबाट किन चुक्यो त्रियुगा नगरपालिका ?

पूर्णपुष्टि, १६ फागुन ।
उदयपुरको त्रियुगा नगरपालिका बित्तिय सुशासन कायम गर्नबाट चुकेको छ । वित्तीय सुशासन कायम नगरेका देशका करिब दुई सय स्थानीय तह मध्ये उदयपुरकै सबैभन्दा पुरानो र ठुलो नगरपालिकाको रुपमा रहेको त्रियुगा नगरपालिका पनि चुकेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए( मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपर्दा त्रियुगा पनि यस भित्र रहेका छन् । पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएका थिए ।

स्थानीय तहमा अनियमितता हुने गरेको गुनासा पहिचान गर्न यो मूल्याङ्कन पद्धति अपनाइएको हो । ‘विकास बजेट अनुसार काम गर्दा उनीहरू वित्तीय सुशासन जोखिममा छन् वा छैनन् त्यो पनि थाहा हुन्छ । यी कार्यन्वयनबाट त्रियुगा नगरपालिका पनि चुकेका हो । उदयपुरका त्रियुगा बाहेक अन्य सबै पालिकाहरुले बित्तिय सुशासन कायम गरेको छ । जिल्लामा कटारी नगरपालिका सबै भन्दा उत्कृष्ट अंक ल्याउने नगरपालिकाको रुपमा रहेको छ ।

कटारी नगरपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८३ प्रतिशत अंक आउँदा त्रियुगा मुल्यांकनभित्रै पर्न सकेन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९३ दशमलब २५ अंक ल्याएर जिल्लाभरमा कटारी नै उत्कृष्ट छ । त्यसमा त्रियुगाको निकै कम अंक छ । मन्त्रालयले भने बित्तिय अनुसाशन कायम नगर्ने स्थानीय तहलाई बजेट कटौती गर्ने जनाएको छ । जिल्ला समन्वय समितिमार्फत हरेक वर्ष मन्त्रालयले एफआए गर्दै आएको छ । यो वर्ष ५५४ वटा पालिकाको मात्र एफआरएको नतिजा प्रकाशन भएको छ ।