
पूर्णपुष्टि, १७ ।
गाईघाटमा पहिचानवादीहरुले फागुन १७ लाई कालो दिनको संज्ञा दिएको छ । प्रदेश १ को नाम पहिचानको आधारमा राख्नु पर्ने माग राख्दै आएका पहिचावादीहरुले आजको दिन कालो दिनको रुपमा मनाएको जनाए । गत बर्ष ठिक यहि सयममा प्रदेशको नाम प्रदेश सरकारले कोशी राखेपछि पहिचानपक्षधारहरु आन्दोलनरत छ ।
नामाकरण भएको एक बर्षलाई सम्झँदै यस दिन पहिचानवादी जनताहरुको लागि कालो दिन रहेको जनाए । गाईघाटमा कालो झण्डा सहित यस फागुन १७ कालो दिनको रुपमा मनाएको किरात राई यायोख्खा केन्द्रीय सदस्य दिपक किरातीले जनाए । गाईघााट स्थित पिपलचोकमा पहिचानवादी नेता, कार्यकर्ता तथा समुदायहरुको उपस्थितिमा कालो दिनलाई शसक्त रुपमा मनाईएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवले पहिचानवादीहरु अब आफ्नो अधिकार लिएर मात्रै फर्कने जनाए ।
उनले कोशी, खोला नाला, ढुँगाको आफ्नै पहिचान भएको भन्दै कोशी कुनै नाम सह्य नहुने जनाए । उनले देशमा रहेको जनताहरुलाई पहिचानको आवश्यक हुने भन्दै प्रदेश नं १ लाई किरात प्रदेश राखिनु पर्ने यादवले जनाए । यस्तै यायोख्खाको केन्द्रीय महासचिव भिम राईले प्रदेश सरकारले जनताको माग अनुरुप नाम टुँगो नलगाए जस्तो सुकै संघर्षमा उत्रिने जनाए ।
