
पूर्णपुष्टि, १७ फागुन ।
किरात राई यायोख्खा केन्द्रीय महासचिव भिम राईले पहिचान आन्दोलन र पहिचानको आधारमा नाम प्राप्तीको लागि जुन सुकै संघर्ष गर्न तयार रहेको जनाए । पहिचानको आधारमा नाम राख्न माग राख्दा राख्दै प्रदेश नं १ मा कोशी नामाकरण गरेको भन्दै यस प्रति पहिचानवादी जनताहरु असन्तुष्ट रहेको राईको भनाई छ ।
राजनितिक दलहरुले पहिचाको मुद्धा चुनावी सभामा मात्रै उठानउे र सांसद छिरेपछि भने जनताको पहिचान मेटाउने नाममा हस्ताक्षर गरेको राईको आरोप छ । माओवादी, काँग्रेस, एमाले कुनै पनि ठुला दलहरुले पहिचानको मुद्धालाई आत्मासाथ नगरेको भन्दै अब पहिचानवादी समुदायहरु आफै सक्षम बन्ने र पहिचानको मुद्धा उठाउने जनाए । सकारले बार्ता गर्ने विश्वासमा आफुहरु शान्त रहेको भन्दै तत्काल वार्ताको माध्यमबाट समधान तर्फ लैजानु पर्ने राईको माग छ ।
यदि अलमलाउने मात्रै काम गरेमा फेरी पहिचावादीहरु तातिनु पर्ने अवस्था आउने उनले जनाए । राईले पहिचानको आन्दोलन र अधिकार प्राप्तिको लागि करिब ५ हजार युवा दस्तावेज तयार भैसकेको दावी गरे । यसलाई थप बढाएर एक लाख माथी युवा दस्तावेज तयार गर्ने राईको भनाई छ । यस्तै अब कुनै पनि दलहरुको भर नपरी पहिचानको मृद्धा उठाउन र पहिचान प्राप्तिका लागि पहिचावादीहरुले स्वयम चुनाव लड्ने राईले जनाए । इलाममा हुन लागेको उपनिर्वाचनमा पहिचानवादी नेतालाई यो पटक चुनावमा जिताएर पहिचान प्राप्तीको लागि आवाज उठाउने वातावरण बनाउने उनले जनाए । फागुन १७ लाई कालो दिनको रुपमा मनाउने भन्दै किरात राई यायोख्खाले अयोजना गरेको उक्त कार्यक्रममा राई गाईघाट आईपुगेका थिए ।
