Saturday, June 13News That Matters

गाईघाटको कोहबर होटललाई उत्कृष्ट मापदण्डको दुईतारे लोगो

पूर्णपुष्टि, असार ४
गाईघाट स्थित होटलहरुमा आवश्यकीय मापदण्ड र गुणस्तरीयको जाँच गरिएको छ । बिहिबार खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले गाइघाटका होटलहरुमा गरेको गुणस्तर र मापदण्डको जाँचको क्रममा गाईघाट बोक्से गरी १४ होटलहरुमा अनुगमन गरेका थिए ।

यस मध्ये सबै मापदण्ड सहित उत्कृष्ट होटलको रुपमा कोहबरलाई प्रमाण पत्र दिईएको छ । प्रमाण पत्र सहित यस होटललाई २ तारे लोगो पनि प्रदान गरिएको छ । डिभिजन प्रमुख रमेश दाहालका अनुसार अति उत्तम होटललाई २ तारे, उत्तमलाई १ तारे र अन्यलाई सामान्य बर्गमा बिभाजित गरिएको जनाए ।

यस मध्य गाईघाटमा एउटा अति उत्तम, ८ ओटा सन्तोष जनक र ५ ओटा भने सामान्य रहेको दाहालले जनाए । अति उत्तम, उत्तम, सन्तोष जनक र सामान्य गरी होटलहरुलाई ४ बर्गमा गुणस्तरीय मापन गरिने नियम रहेको समेत दाहालले जनाए ।
यस्तै होटल वल्र्ड दरवार, मोतिगडाको होटल द इम्पाइर इन, गाईघाटका होटल हिमालय, होटल आरएन, ग्राभिटी, युनिक, टिप एण्ड फ्लिप बर्गर हाउस र डिएमगेटस्थित होटल टाउनहल सन्तोषजनक बर्गमा परेका छन् । गाईघाटका ड्रिमल्याण्ड, ए वान पार्टी प्यालेस, रोयल स्टार र थकाली भान्सा घर तथा डिएमगेटको गृन प्यालेस सामान्य बर्गमा स्तरीकरण भएका छन् ।

होटललाई उत्कृष्ट बर्गमा पार्नका लागि गुणस्तरीय खानेकुरा, भान्सा घर (किचन) सफा, ताजा र सफा खानेकुरा र औजार उपकरण तथा भाँडाकुँडाको सरसफाईमा ध्यान दिनुपर्ने मापदण्ड तय भएको दाहालले बताए । खानेकुरा मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले होटल सञ्चालकहरु त्यसप्रति पूर्ण जिम्मेबार हुनुपर्ने दाहालले बताए ।
उत्तम बर्गमा परेको कोहवरका सञ्चालक सागर थापामगरलाई डिभिजन प्रमुखत्रय दाहाल, सिंह र चौधरीले होटलमै पुगेर प्रमाणपत्र र लोगो बितरण गरे । सो अवसरमा सञ्चालक मगरले होटल सञ्चालन र उपभोक्ताको खाद्य अधिकारबारे ११ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।