गाईघाटको थारुहट रंगशालामा असोज १३ गते सांगितक कार्यक्रम सहित जितिया महोत्सव भव्य हुने

पूर्णपुष्टि, असोज १३
थारु समुदायहरुको बिषेश चाँड जितिया उदयपुरको गाईघाट थारुहट रंगशालामा असोज १३ गते भव्य हुने भएको छ ।
जितिया महोत्सव मुल आयोजक कमिटि थारु कल्याणकारीणी सभा त्रियुगा नगरकमिटि उदयपुरको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित हुने भएको आयोजक कमिटिका अध्यक्ष देसुदास चौधरीले जानकारी दिए । आईतबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्थरीय रुपमै थारुहट रंगशालामा जितिया महोत्सव भव्य हुने चौधरीले बताए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायीका अनु चौधरी, गायक नरेश जोगी जोशी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाए ।थारु पहिचान र संस्कार संकृतिको जगेर्णामा सरकारले उत्ति चासो नदिएको भन्दै त्यसको दवाव स्वरुप पनि यो महोत्सव गर्न लागिएको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा बिषेश व्यक्तिहरुले भाषा, संस्कृति र पहिचानको बारेमा आफ्नो मन्तव्यहरु पनि राख्ने छन् । औपचारिक रुपमा हुने कार्यक्रममा बिषेश व्यक्तिहरुको भनाई सहित थारुको भाषामा सरकारले चासो नदिएको र नेपालको धेरै भुभागमा थारुहरु रहेपनि भाषाको संरक्षणमा सरकारी निकाय लागि नपरेको भन्दै यसलाई यसै महोत्सव बाट दवाव दिने पनि आयोजकले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: