
पूर्णपुष्टि, असोज ११
ताप्लेजुङ सिरिजंघा गाऊपालिका–४ तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् ।
हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले ठक्कर दिँदा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।
