
पूर्णपुष्टि, असोज ११
उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् ।
हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा ६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढेँ ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.लाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।
