
पूर्णपुष्टि, बैशाख १
भर्खरै संञ्चालनमा आएको NJP अप्टिकल चस्मा पसलले १ महिने निशुल्क आँखा सिविर संञ्चालन गर्ने भएको छ ।
नयाँ बर्ष २०७८ को सो अवसरमा हरेक प्रकारको चस्मा खरिदमा ३० प्रतिशत छुटका साथै निशुल्क आँखा सिविरको आयोजना गरिएको अप्टिकलका प्रोपाईटर जावेद अख्तर खानले बताउनुभयो ।
नयाँ बर्षको सुबर्ण अवसरमा सम्पूर्णमा ग्राहाकहरुमा शुभकामना र उत्तर उत्तर प्रगति स्वास्थ्य तथा दिर्घायुको कामना गर्दै मानव जिवनमा आँखा जस्तो महत्वपूर्ण अंगलाई बिषेश ध्यानमा राखी यो सिविर संञ्चालनमा ल्याएको खानले बताउनुभयो ।
सिविरमा सामान्य आँखाको समस्यालाई अप्रेसन समेत गर्ने व्यवस्था सहित ठुलो समस्यालाई भने भरपर्दो आँखा हस्पिटलमा रेफर गरिने खानले बताउनु भएको छ ।
आँखाको मोतिया विन्दु र आँखा सँबन्धि सबै खाले समस्याहरुको चेक गर्नुका साथै पावर चेकहरु समेत गरिने बताउनभुयो ।
यस अप्टिकलले उद्घाटन समारोहमा पनि १५ दिने निशुल्क आँखा सिविर संञ्चालन गरेको थियो । १५ दिने निशुल्क स्वास्थ्य सिविरबाट पनि सयौँ बढी ग्राहकहरुले सरल सुविधा लिएको थियो । लाहान बाट आएका भरपर्दो अप्टोमेटिसहरु बाट आँखाको चेक जाँच गरिने पनि खानले जानकारी गराउनुभयो ।

