
पूर्णपुष्टि, फागुन १३ । उपहार एफएमको पाँचौ बार्षिकोत्सवको अवसरसंगै आयाेजना गरिएकाे उदयपुर म्युजिक अवार्ड कार्यक्रम रत्न होटल, गाईघाटमा सञ्चालन छ । आज दिउसाेबाट उक्त कार्यक्रम संञ्चालन रहेको हाे । बिभिन्न सांगितक कार्यक्रमसँगै अवार्ड कार्यक्रम चलिरहेको हो । उक्त अवार्ड कार्यक्रमको उद्घाटन लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पानसमा बत्ती बाली गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलकार कुन्ति मोक्तान र सिलाबहादुर माेक्तान बिषेश आकर्षणको रुपमा उपस्थित रहेका छन् ।
