Wednesday, June 10News That Matters

“सानालाई ऐन ठुलालाई चैन“ न्यायधिश दाहालको कारमा दुवै साईड बिन्ना भिन्नै नम्वर प्लेट

पूर्णपुष्टि, फागुन १३ । चुहाडेमा मोटरसाईकललाई ठक्कर दिने न्यायधिश अम्विका प्रसाद दाहालको कारमा दुई ओटा फरक नम्वर फेला परेको छ । उक्त कारमा दुवै साईड फरक फरक नम्वर फेला परेको हो । एक साईड निजि र अर्को साईड सरकारी नम्वर उक्त कारमा लेखिएको फेला परेको भिडियो अहिले भाईरल बनिरहेको छ । स्थानीयहरुले सो कारमा रहेको दुई ओटा नम्वर भिडियो मार्फत देखाएको छ । देखाउने दाँत एउटा चपाउने एउटा भने झै सो कारमा सेतो प्लेट र रातो प्लेट दुवै पट्टी फरक नम्वर फेला परेका भिडियोले अहिले चर्चा पाईरहेको अवस्था छ ।

गत शनिवार ६ गते शिवरात्रीको दिन गाईघाटबाट चुहाडे तर्प आईरहेको श्रेष्ठको प्रदेश नम्बर १– ०१–०५–००१ प ७०४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट गईरहेको प्रदेश नम्बर ०१–०२५ च ५००२ नम्बरको कारले ठक्कर दिएको थियो । उक्त कार न्यायधिश दाहालको रहेको करिब ३ दिन पछि खुल्न आएको हो । ठक्कर दिएर सूचना गुपचुप राखेको अवस्थामा आफन्तहरुले फेसवुकमा पोष्ट गर्दा उक्त घटना सर्वाजानिक भएको थियो । घटनालाई प्रहरीले समेत गुपचुप राखेको पाईएको छ । सँधै दुर्घटनाको समचारहरु मेलमा पठाउने प्रदेश र जिल्ला प्रहरी कार्यालय पनि सो समचारका लागि भने मौन रहेको पाईएको छ । घटना बाहिर आएपश्चात फोन गरेर बुझ्दा मात्रै घाईतेको उपचार भैरहेको भन्ने प्रहरीले जानकारी दिएका थिए ।

निजी र सरकारी दुवै तर्फको नम्वर फरक फरक

सो कारमा निजी र सरकारी गरी फरक फरक नम्वर राखिएको छ । निजी तर्फ (रातो) नम्वर प्लेटमा बागमती प्रदेश ०१–०२५ च ५००२ राखिएको थियो भने सरकारी तर्फ (सेतो) नम्वर प्लेटमा बागमती प्रदेश ००२ झ ५६३६ राखेको पाईएको छ ।
दुर्घटनाको दिन शिवरात्री परेको हुनाले विदाको अवस्था थियो । सो दिन निजी नम्वर प्लेट बागमती प्रदेश नम्बर – ०१–०२५ च ५००२ देखिएका थिए । उक्त नम्वर निजी रहेको बुझिन्छ भने अर्को साईड तर्फ बागमती प्रदेश– ००२ झ ५६३६ रहेको छ ।

तस्वीर कृष्ण राई दनुवारको फेसबुक बाट ।

स्थानीय तथा नागरिकहरुको बुझाई अनुसार उक्त कारमा दुई ओटा नम्वर राख्नुका कारण बिदाको दिन समेत सवारी प्रयोगका लागि रहेको अनुमान गरेको छ । शिवरात्रीको दिन सबै सरकारी कार्यालयहरु बन्द अवस्थामै थियो । सो दिन उक्त कारको नम्वर प्लेट रातो पटी पर्काएर चलाएको बुझिएको छ । त्यसको अर्को साइंंड तर्फ भने अर्के नम्वर राखिएको पाईएको हो । ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी दुई ओटा नम्वर राख्न नपाउने बताउँछन् । यो सरासर गलत रहेको कार्यालयको भनाई छ ।

https://www.facebook.com/100004595262137/videos/pcb.2410001195829699/2249928911861338