
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको निधन प्रति त्रियुगा नगरपालिकाले सोक विदा मनाउने भएको छ । सोमवार त्रियुगा नगरपालिका अन्तर्गतका सम्पूर्ण सम्पूर्ण वडा कार्यालय तथा आकस्मिक शैक्षिक, स्वास्थय संस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । काफ्लेको आईतबार नै हस्पिटलमा निधन भएका थिए । उनको मृत्यु पुष्टि भने हस्पिटलले गरेका थिएन । उनको आजै अन्यष्टी गरिने परिवारले जनाएको छ । अध्यक्ष काफ्लेको गत ६ गते मोटरसाईकल दुर्घटनामा घाईते भई उपचारका लागि न्युरो हस्पिटल लगिएका थिए ।

