
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको जिल्ला हस्पिटल उदयपुरमा पोष्टमार्टम हुँदैछ । हिजो न्युरो हस्पिटल बिराटनगरमा निधन भएको अध्यक्ष काफ्लेको अन्यष्टीका लागि तयारी गरिएको छ । हस्पिटलले मृत्यु घोषणा गर्नु अगावै परिवारले हिन्दु संस्कारका लागि हिजै घर फर्काएका थिए । उनलाई पोष्टमार्टम पछि त्रियुगा नगरपालिकामा श्रद्धान्जली अर्पण गरी अन्यष्टी गरिने जनाईएको छ । काफ्लेको निधन प्रति त्रियुगा नगरपालिकाले आज सोक विदा समेत दिएको छ । शिवरात्रीको दिन घर आसपासमै उनको मोटरसाईकलमा दुर्घटना भएका थिए । दुर्घटना काफ्लेलाई उपचारका लागि न्युरो हस्पिटल बिराटनगर लगिएका थिए । उनको उपचारकै क्रममा निधन भएका थिए ।
