Friday, May 15News That Matters

गाईघाटमा एमसिसि विरुद्ध ७ दल दुई मोर्चाको अन्तरक्रिया कार्यक्रम

उदयपुर, फागुन २२ ।
एमसीसी नेपाल सरकारले पारित गरिसकेको अवस्था रहेपनि यता ९ दलले भने यसको निरन्तर विरोध गरिरहेको छ । उदयपुरको जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रघाती ‘एमसिसि’ सम्झौता र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

एमसिसि सम्झौता राष्ट्रघाति भएको भन्दै संयुक्त आन्दोलनमा जोड दिने उद्देश्यका साथ नौं दलले कार्यक्रम गरेको माओवादि मजदुर पार्टाका संयोजक जगत कटुवालले बताए । नेपाल कम्युनिष्ट पार्टि, ने.क.पा. मसाल, नेपाल कम्युनिष्ट पार्टी, माओवादी समाजवादी, ने.क.पा. माओवादि क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी, बैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी, माओवादि मजदुर पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको संयोजक कटुवालले बताए ।

कार्यक्रममा वैज्ञानिक समाजवादि पार्टिका केन्द्रय सदस्य गोकुल राईले एमसिसिको विपक्षमा रहेको हरेक नागरिक र पार्टीलाई जोडिन आग्रह गरे । थुप्रै देशबाट एमसिसि फाकिएको उदाहरण दिदै संसदमा पास भएपनि यसलाई गाँउ र सडकबाट पास गर्न नदिने राईले जानकारी दिए ।

सार्वभौम राष्ट्रलाई उपनिवेश बनाउने खेल एमसिसिले खेलेको र हाम्रो ठुला दलको नेताहरु गोटिको रुपमा प्रयोग भएको राईले बताए । सयौं अरव अनुदान भित्रिदा पनि प्रत्येक नागरिकको टाउकोमा ४५ हजार ऋण बोकेको यो मुलुकमा नवउद्धारवादि अर्थनिती अन्तर्गतको ६० अरव अनुदानले फरक नपर्ने उहाले जिकिर गरे ।
यस्तै देशभक्त जनगणतान्त्रिक पार्टी उदयपुरको संयोजक लिल बहादुर वि.कले फागुन १५ कालो दिन रहेको बताए । उहाँले नेपालको संसदिय व्यवस्था मिलिजुली बाडिचुडी खाने संस्था मात्रै रहेको बताए ।