
पूर्णपुष्टि, फागुन १२
संयुक्त राष्ट्र संघ अमेरीकाको अनुदान भनिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा गाईघाटमा विद्यार्थीहरुले चोर्का विरोध गरेको छ । उनिहरुले बिरोध सँगै अमेरीकी राष्ट्रपति र नेपालका प्रधानमन्त्रीको पुत्ला दहन र जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेको छ ।

एमसीसी पास गर्ने सरकारको उग्र प्रयास र आज हुने संसदमा एसीसीको बारे छलफललाई असफल बनाउँदै उक्त एजेन्डा फिर्ता लैजान दवाव स्वरुप विरोध गरिएको विद्यार्थी नेताहरुले जनाएको छ ।
अखिल क्रान्तिकारी उदयपुर, अनेरास्ववियु उदयपुर र अनेरास्ववियु क्रान्तिकारी उदयपुरको संयुक्त आयोजनामा उक्त विरोध कार्यक्रम गरिएको विद्यार्थी नेता सुरेश गुप्ताले बताए ।

जनता बहुमुखी क्याम्पस र बरुवा क्याम्पसका विद्यार्थीहरुको भेलामा बिरोध कार्यक्रम सँगै पुत्ला दहन र प्रशासन घेराउ गरिएको थियो । मोतिगडा बाट सुरु भएको र्याली त्रियुगा क्याम्पसमा मिसिएर मेनचोकमा अमेरिकी राष्ट्रपति जो वाईडे र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका थिए ।

पुत्ला दहन कार्यक्रमलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले रोक्ने प्रयास गरे। कार्यक्रमको अन्तिममा बजार परिक्रमा सँगै जिल्ला प्रशासन कार्यालय घेराउ गरे । एमसीसी राष्ट्रघाती हुँदाहुँदै पनि सरकारको जवरजस्तीलाई असफल बनाउन सबै नागरिकहरु लागि पर्नु पर्ने भन्दै उनिहरुले गो ब्याक एमसीसी, एमसीसी चाहिदैँना, शेरे तेरा पाराले दु.ख पायो साराले जस्ता नारावाजीहरु गरेका थिए ।

