
पूर्णपुष्टि, फागुन १२ ।
झापाको अर्जुनधारा नगरपालिका–९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोही स्थान बस्ने ७८ वर्षीया शिवमाया दाहालको मोटरसाईकलले ठक्कर दिँदा मृत्यु भएको हो ।
हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको प्र. १ –०१–०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बि. एण्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका–१ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
