Friday, June 26News That Matters

पानीमा डुबी बालकको मृत्यु

पूर्णपुष्टि, फागुन १२ ।
मोरङमा पानीमा डुबी बालकको ज्यान गएको छ । जिल्लाको जहदा गाउँपालिका–७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनको रबिन हस्दा पानीको खाल्डोमा डुबी ज्यान गएको हो ।
हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।