Monday, May 4News That Matters

गाईघाटमा गैरकानुनी रुपमा जुस बनाएर बेच्ने दुई भारतीय ब्यपारीलाई जनही ५० हजार जरिवाना

पूर्णपुष्टि, साउन ६ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले जथाभावी जुस बनाए र बेचेको आरोपमा दुई भारतिय ब्यपारीलाई कार्वाही गरेको छ । त्रियुगा नगरपालिका ११ गाईघाट स्थित भारत महत्तरीका २० बर्षिय पंकच कुमार र दिपक कुमार नाम गरेका युवाहरुलाई कार्यालयले जनही ५० हजार जरिवाना तिराएर कार्वाही गरेको हो । सहायक सिडियो लक्ष्मी प्रसाद रेग्मीका अनुसार उनिहरुले बनाउने जुसमा कृतिम सामाग्री प्रयोग हुने र बिभिन्न केमिकल पाईएको जनाईएको छ ।

जुस निर्माणका लागि प्याकट्री समेत दर्ता प्रक्रियामा संञ्चालन नरहेको रेग्मीको भनाई छ । थप अनुसन्धान भैरहेको र हाललाई भने जनही ५० हजारको दरले जरिवाना गरिएको हो । उक्त जुस व्यपारीहरुकोमा पनि पुगेको हुँदा नबेच्न अनुरोध गरिएको छ । त्यस्ता खाले जुस बेचेको पाईएमा प्रशासनले कार्वाही गर्ने समेत चेतावनी दिएको हो । उक्त जुसले स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा सबै सचेत रहन र नकिन्न पनि प्रशासनले सुझाएको छ ।