Saturday, June 13News That Matters

गाईघाटमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ

पूर्णपुष्टि, जेठ १ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा चारीको मोटरसाईकल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ बस्ने २८ बर्षीय राकेश चौधरी रहेका छन् ।

गएको बैशाख १४ गते त्रि.न.पा १२ बस्ने मुना राउतको घर बाहिर पार्कीङ गरेर राखेको स.९ प. ४४०७ नम्बरको रातो कालो रंगको १५० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बैशाख ३० गते चौधरीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।

चौधरीले चोरी गरेको उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बा. ६ प. ३१७२ बनाएर आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।