Saturday, June 13News That Matters

बयानका लागी पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

पूर्णपुष्टि, जेठ १ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानकालागी सरकारी वकिलको कार्यालय लगिएको छ ।

सोमबार खाँणलाई बयानका लागी सरकारी वकिलको कार्यालय बबरमहल लगिएको हो । नक्कली भुटानी शरणर्थी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि गत बैशाख २७ गते खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि अदालतबाट आइतबार चार दिनको म्याद थप गरिएको थियो।