Wednesday, June 10News That Matters

गाईघाटमा डढेलो फैलिन थालेपछि आसपासका बस्तीहरु जोखिममा

पूर्णपुष्टि,चैत्र ३० । उदयपुरको सदरमुकाम गाईघाट आसपास क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि बस्तीहरु जोखिममा परेको छ । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको हो।

मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताउनुभयो । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्।

जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेलेहरुले आगो लगाएको हुन सक्ने डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले बताए । डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् ।