
पूर्णपुष्टि, चैत्र २९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले करार कर्मचारी राख्न डेढलाख घुस मागेको अडियो टेप सार्वजानिक भएको छ । अडियो रेकर्ड अनुसार फत्तेपुरका गुडडुकुमार मण्डलसँग ती कर्मचारीले काम मिलाई दिन्छु भन्दै जबर्जस्ति डेढलाख रुपैयाँ रकम माग्दै गरेको फोनको वार्तालाप आज सार्वजनिक भएको हो । सुरुमा मण्डलले आफुसँग ५० हजारमात्र भएको र बाँकी रकम काम फिक्स भए पछि थप ५० हजार दिन्छु भन्दा ती कर्मचारीले १ लाखले हुन्न डेढ लाख चाहिन्छ भन्दै वर्गेनिङ गरेको प्रष्ट सुनिन्छ । यश विषयमा प्रमुख प्रशासकीय चित्रप्रशाद गुरागाईलाई बुझ्दा संवादमा प्रयोग भएको एन्सेलको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताए ।
कर्मचारी र मण्डलबीच संवाद भएको नम्बर ९८१५७१४६२४ मेयर कालुमान लामाको स्वकीय सचिव प्रकाश राईले चलाउने गरेको बुुुुुुुझिएको छ । यद्यपि ती मण्डललेकुन पदको लागि घुस दिन खोजेको हो त्यो भने खुल्न बाँकी छ ।
