Thursday, July 2News That Matters

युरोपेली च्याम्पियन्स लिग : बेन्जेमा र एसेन्सियोको गोलमा रियलले चेल्सीलाई हरायो

पूर्णपुष्टि,चैत्र ३० । स्पेनिस क्लव रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा विजयी सुरूआत गरेको छ । गएराती भएको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीलाई २–० ले हराउँदै रियलले अग्रता लिएको हो ।

खेलको २१ औं मिनेटमा बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित भएको थियो। रियलका रोड्रिगोलाई डि–बक्सभित्र फउल गरेपछि चेल्सीका बेन चिलवेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

दस खेलाडीमा सिमित चेल्सीलाई दबाबमा राखेको रियलका लागि ७४ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टिमलाई २–० को नतिजामा पुर्‍याए। दास्रो लेगमा चेल्सीलाई बराबरीमा रोक्न सकेमात्रै पनि रियल सेमिफाइनल प्रवेश गर्नेछ।

गएराती नै भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १–० ले हराएको छ।