Tuesday, June 9News That Matters

उदयपुरको कटारीबाट १० किलो गाँजा सहित दुई जना पक्राउ

पूर्णपुष्टि,चैत्र २९ । जिल्लाको कटारी नगरपालिका –१०बाट किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । बिहिवार तिल्केचौर स्थित सोरुङछबिसेबाट खटिएको टोलील चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–४,का २८ वर्षीय कोशिराज राई र २९ बर्षीय तेज बहादुर राई रहेको प्रहरीले जनाएको छ । बा.६७ प ३११४ नंम्बरको मोटरसाईकलमा कटारी तर्फ आईरहेका उनीहरुलाई शंका लागि चेक गर्दा गाँजा फेला परेको हो ।

पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय कटारी ल्याई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरि अनुसन्धा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी मोहन थापाले जानकारी दिनुभयो ।