Wednesday, June 3News That Matters

गाईघाटमा डेँगु नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम

पूर्णपुष्टि, कार्तिक ४
गाईघाट स्थित त्रियुगा नगरपालिकाको १० र ११ नं वडामा र्डेगु नियन्त्रण सम्वन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । नगरको आयोजना तथा जिल्ला प्रशासन कार्यालय उदयपुर, स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त सहकार्यमा डेँगु नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डेँगु बाट बच्न सबै भन्दा पहिले फोहोर बाट बच्न अनुरोध गरिएको छ । फोहोर बाट उत्पन्न हुने पोथी लामखुट्टेले गर्दा डेँगु फैलने भन्दै आफ्नो घर गाउँ आसपास सबैले सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ । घर वरपर खाल्डाखुल्डी पुर्ने पानी जम्न नदिने जस्ता कार्यले डेँगु नियन्त्रण हुने भन्दै सचेत गराईएको हो । कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई सहित सम्बन्धित क्षेत्रहरु सहभागी बनेका थिए ।