गाईघाटमा दोस्रो प्रदेश महोत्सव, त्रियुगा (२०८०) संञ्चालन गर्ने त्रिउबा संघको निर्णय

पूर्णपुष्टि, १ मंसिर ।
त्रियुगा उद्योग बाणिज्य संघले गाईघाटमा फागुन १ देखी प्रदेश महोत्सव संञ्चालन गर्ने निर्णय पास गरेको छ । मंसिर १ गते पदाधीकारी तथा कार्यसमितिको बैकठकले दोस्रो प्रदेश महोत्सव त्रियुगा (२०८०) संञ्चालन गर्ने बारे निर्णय पास गरेको अध्यक्ष रमेश रसाईलीले जनाए । संघकै महासचिव दिने श्रेष्ठले यो पटक पहिलेको भन्दा फरक र पृथक महोत्सव संञ्चालन हुने जनाए ।

स्थानीय व्यवसायीलाई प्रवर्दन र स्थानीय उत्पादन बजारीकरणलाई बिषेश प्राथामिकता दिएर उक्त महोत्सव संञ्चालन गर्न लागिएको श्रेष्ठको भनाई छ । महोत्सवमा स्टलहरु स्थानीय ब्यपारीहलाई सस्तोमा उपलब्ध गराईने पनि माहासचिव श्रेष्ठको भनाई छ । यसले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुराउने संघको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0