Friday, February 14News That Matters

गाईघाटमा धमाधम किताव बेच्दै डा. महावीर पुन

पूर्णपुष्टि, १ माघ ।
बैज्ञानिक तथा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महाबीर पून किताब बेच्दै गाईघाट आईपुगेका छन् । पुन मंगलबार गाईघाट आईपुगेका हुन् । उनले आफ्नो फेसवुक मार्फत उदयपुरको गाईघाट आएर किताब बेच्ने कार्यक्रम रहेको जनाएका थिए । पुनले गाईघाट बजार स्थित मेनचोकमा बसेर किताव बेचिरहेको छ । मंगलबार र बुधबार गरी दुईदिन किताब बेच्ने उनले जनाएको छ । पुनको किताब किन्नेको भिँड पनि लागेको छ । बिद्यार्थी, पत्रकार, व्यवसायी, शिक्षक र युवाहरुले पुनको किताव धमाधम किनिरहेको छ । उनि सिराहाको लाहान हुँदै मंगलबार गाईघाट आईपुगेका हन् ।