
पूर्णपुष्टि, फागुन २२ ।
पत्रकार महासंघ उदयपुरको आयोजनामा सञ्चालित पाँच दिने आधारभूत पत्रकारीता तालिम उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले आयोजना गरेको तालिम शुक्रबार सम्पन्न भएको हो ।
१६ गतेबाट सुरु भएको तालिममा सहभागी भएका ५० जनालाई प्रमाणपत्र वितरण गरी समापन भएको महासंघमा अध्यक्ष भरत खड्काले बताए । जिल्लाको सबै पालिकाबाट सहभागीहरु आएका खड्काले बताए । तालिम लिसकेपछी सहभागीले यसलाई ब्यावसायीक रुपपा व्यावहारमा उतार्न उनले आग्रह गरे। तालीमबाट सर्वौत्कृष्ट छानिएका १० जनालाई एड्भान्स तालिमको आयोजना गरीले खड्काको भनाई रहेको छ । महासंघका सचिव विश्वराज तामाङका अनुसार तालिममा त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्लि गाउँपालिका र लिम्चुवुङ गाउँपालिकासँगै छिमेकी जिल्ला खोटाङबाट समेत सहभागी रहेका थिए ।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजयप्रसाद मिश्र, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिसन राईले सहजीकरण गरेका थिए । प्रदेश सभा सदस्य अम्बिका थापाको संसदिय विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा तालिम सञ्चालित गरिएको हो ।
समापनमा वाणिज्य संघका सचीव दिनेश श्रेष्ठ, रेडियो उदयपुरको स्टेसन म्यानेजर बन्धना दनुवार , प्रदेश सभा सदस्य अम्बिका थापाको स्वकीय सचीव सम्भुप्रसाद सर्मा लगाएतको उपस्थित रहेको थियो ।
