
पूर्णपुष्टि, मंसिर १६
भवन विहिन अवस्थामै कार्य सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका भवन तत्कालै बन्न लागेको छ । भाडामा कार्यालय राखेर जनताको सुरक्षामा खटिरहेका ट्राफिक प्रहरीलाई आफ्नो भवन नहुँदा काम गर्न निकै असहज भईरहेका थिए ।
अब भवन बन्ने भएपछि काम कार्वाहीमा थप सहजका साथ जनताको सोवा गर्न सहज हुने भएको छ । भवन त्रियुगा नगरपालिका वडा नं १३ को पूर्वपश्चिम बरुवा बसपार्कमा बन्ने तयारी भईरहेको छ । भवनको सिल्यान्यास त्रियुगा नगरपालिकाका प्रमुख मेयर वलदेभ चौधरीले बिहिबार गर्नुभएको छ । ५ कठा जग्गामा हाललाई भने ८ कोठे पक्की भवन बन्ने निर्माण समितिले जनाएको छ ।
नगरपालिकाले उपलब्ध गराएको सो जग्गामा कार्यालयको लागि ३ तले भवनको डिपिआर तयार गरिएको छ । तर हाललाई भने ८ कोठे भवन निर्माण कार्यलाई तत्काल अघि बढाईएको निर्माण समितिले जनाए । पछि भविष्यमा ३ तला सम्मको भवन निर्माण गर्ने योजना रहेको छ । त्रियुगा नगरपालिका १३ नं वडामा रहेको सो जग्गामा भवन निर्माण गर्ने र भवन निर्माणको काम अब तत्कालै सुरु गरिने त्रियुगा मेयर चौधरीले बतानउनुभयो । चौधरीले सो भवनका लागि त्रियुगा नगरपालिकाले १५ लाख बजेटको समेत व्यवस्था गरिसकेको जनाउनुभयो ।


