
पूर्णपुष्टि, मंसिर १६
विगतमा नेपाली चलचित्र क्षेत्रमा चरचित रहेकी नायिका रेखा थापा अहिले राप्रपा महामन्त्री उठ्ने भएकी छन् । भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा नेता रेखा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।
महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी रेखाले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न थालेकी छन् । राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने विधानको व्यवस्था छ ।
राप्रपा अध्यक्षमा कमल थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका छन् । तर निर्वाचन समितिले मतदाताको नामावली प्रकाशनलगायत चुनावी कार्यतालिकाअनुसार काम अगाडि बढाउन सकेको छैन ।
भृकुटीमण्डपमा थापा र लिङ्देन पक्षले भोट माग्दै नाराजुलुस पनि गरेका छन् ।
