Sunday, May 31News That Matters

गाईघाटमा पार्किङ सहित ट्राफिक प्रहरीको आफ्नै भवन बन्ने, मेयर चौधरीले गरे भवनको सिलिन्यास

पूर्णपुष्टि, मंसिर १६

भवन विहिन अवस्थामै कार्य सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका भवन तत्कालै बन्न लागेको छ । भाडामा कार्यालय राखेर जनताको सुरक्षामा खटिरहेका ट्राफिक प्रहरीलाई आफ्नो भवन नहुँदा काम गर्न निकै असहज भईरहेका थिए ।

अब भवन बन्ने भएपछि काम कार्वाहीमा थप सहजका साथ जनताको सोवा गर्न सहज हुने भएको छ । भवन त्रियुगा नगरपालिका वडा नं १३ को पूर्वपश्चिम बरुवा बसपार्कमा बन्ने तयारी भईरहेको छ । भवनको सिल्यान्यास त्रियुगा नगरपालिकाका प्रमुख मेयर वलदेभ चौधरीले बिहिबार गर्नुभएको छ । ५ कठा जग्गामा हाललाई भने ८ कोठे पक्की भवन बन्ने निर्माण समितिले जनाएको छ ।नगरपालिकाले उपलब्ध गराएको सो जग्गामा कार्यालयको लागि ३ तले भवनको डिपिआर तयार गरिएको छ । तर हाललाई भने ८ कोठे भवन निर्माण कार्यलाई तत्काल अघि बढाईएको निर्माण समितिले जनाए । पछि भविष्यमा ३ तला सम्मको भवन निर्माण गर्ने योजना रहेको छ । त्रियुगा नगरपालिका १३ नं वडामा रहेको सो जग्गामा भवन निर्माण गर्ने र भवन निर्माणको काम अब तत्कालै सुरु गरिने त्रियुगा मेयर चौधरीले बतानउनुभयो । चौधरीले सो भवनका लागि त्रियुगा नगरपालिकाले १५ लाख बजेटको समेत व्यवस्था गरिसकेको जनाउनुभयो ।