गाईघाटमा पोखरेल एण्ड सन्स सप्लायर्स भिवोन कुर्सिको सोरुम उद्घाटन

पूर्णपुष्टि, असोज २१
गाईघाटमा पोखरेल एण्ड सन्स सप्लायर्सले भिवोन कम्पनीको कुर्सिहरु बिक्रिमा ल्याएको छ । गाईघाटको लागि आधिकारीक बिक्रेताको रुपमा पोखरेल एण्ड सन्स सप्लायर्स रहेको छ । पुरानो पेट्रोलपम्प नजिक रहेको सप्लयार्सको उद्घाटन ११ नं वडाअध्यक्ष बिवश्राज भट्राई र नेपाल पत्रकार माहासंघका अध्यक्ष भरत खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।
नेपालको लागि कनक न्यु ट्रेडर्स आधिकारीक बिक्रेता काठमाण्डौँमा रहेको छ ।

नेपालमा हाल अहिले सम्म गाईघाट सहित तिन ठाउँमा मात्र यसको सोरुम खुलेको छ । काठमाण्डौँ, इटहरी र गाईघाटमा यसको सोरुम खोलीएको नेपालका लागि कन्ट्री म्यानेजर प्रविन श्रीवास्तवले बताउनुभयो ।

श्रीवास्तवले यो कुर्सि अन्य कुर्सिहरु भन्दा भरपर्दो र उत्कृष्ट रहेको बताउनुभयो । उहाँले यो कुर्सिनै किन त ? भन्ने प्रश्नमा लामो समय सम्म कुर्सिमा बस्दा ढाँड कम्मर दुख्ने समस्यालाई मध्यनजर गर्दै टमलुजी प्रयोग गरेर सहज कुर्सिलाई सहज बनाइएको बताउनुभयो । उहाँले अन्य कम्पनीहरुले भन्दा फरक सुविधा सहित स्वास्थ्यलाई सम्म मध्यनजर गरी शरिरलाई सहज हुने किसिमले कुर्सिको उत्पादनहरु गरिएको बताउनुभयो ।


यो कम्पनीको कुर्सिको २ बर्ष ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ । दुईबर्षको अबधिमा कुर्सिको कुनै पनि पार्टहरु बिग्रिएमा गाईघाटको आधिकारिक बिक्रेतामा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
यो कुर्सि अन्य कुर्सि भन्दा बढी मजवुद रहेको कम्पनीले जनाएको छ । यसलाई ३ तला बाट फाल्दा पनि कुनै किसिमले यसको पार्टहरु नभाँचिने र नफुट्ने कम्पनीको भनाई छ ।
यस कम्पनीको कुर्सिहरुको मुल्य करिब ५ हजार ७ सय देखि १ लाख २९ हजार रुपयाँ सम्म रहेको कम्पनीले जनाएको छ । गाईघाटको पोखरेल एण्ड सन्स प्रालि नेपालकै उत्कृष्ट सेलरमा समेत पर्न सफल भएको कन्ट्री म्यानेजर भास्ताभाले बताउनुभयो ।गाईघाट आधिकारिक बिक्रेताको प्रोपाईटर पर्वत पोखरेल रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: