Friday, February 14News That Matters

गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

पूर्णपुष्टि, २ माघ ।
नेपालका बैज्ञानिक डा. महावीर पुन दुई दिन देखी गाईघाटमा आफ्नो पुस्तक बेचिरहेको छ । मंगलबारदेखी गाईघाटको मेनचोकमा किताव बेचिरहेका पुनको किताव किन्न भिँडनै लागेको छ । दुईदिनमा पुनले एक हजार बढी किताव बेचिसकेको छ । विद्यार्थीलाई ७ सय र खरुलाई ७ सय ५० को दरले पुनको दुई दिनमा एक बजार बढी किताव बिक्रि भएको जनाएको छ । किताव बिक्रि भए सम्म गाईघाटमा रहने उनले जनाए । पुनले एक बजार बढी पुस्तक बेच्दा ७ लाख माथीको पुस्तक बिक्रि भएको पुनको टिमले जनाएको छ । पुन सँग किताव किन्ने र फोटो खिच्नेको भिँड बिहानदेखी बेलुका सम्मै हुने गरेको छ । किताव किन्न, केटाकेटी, महिला, शिक्षक, व्यपारी, राजनितिक व्यक्ति, समाजसेवी, कर्मचारी, पत्रकार देखी बृद्धबृद्धा सम्म रहेका छन् ।