गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सुरु

पूर्णपुष्टि, असोज १४

गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिमको बिहिबार उद्घाटन भएको छ । तालिमको उद्घाटन सँगै ४५ दिन सम्म हुने तालिम संञ्चालनमा आएको छ । “उद्योग र पूर्वधार समृद्धिको आधार” भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कर्यालय उदयपुरको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको आयोजनामा तालिम संञ्चालन हुने भएको छ ।सिपले आत्मनिर्भर बनाउनुका साथै रोजगारको विकास गर्ने भएकाले यस तालिमको आयोजना गरिएको घरेलु तथा साना उद्योग कर्यालय उदयपुरका प्रमुख पाक्रम खा ले बताए । उनले सिपलाई अझै धारिलो र पूर्ण बनाउन एड्भान्स सिलाई तालिमको आयोजना गरेको बताए ।

तालिम गाईघाटको जगत भवनमा हुने छ । तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: