Monday, June 16News That Matters

गाईघाट जिके पुस्तकका राई दम्पतीद्धारा महावीर पुनलाई ५० हजार बढी सहयोग

पूर्णपुष्टि, १ माघ ।
गाईघाटका चर्चित पुस्तक पसल जिके पुस्तक पसलले राष्ट्रिय आविस्कार केनद्रका अध्यक्ष तथा नेपालका बैज्ञानिक डा. महावीर पुनलाई ५० हजार बढी आर्थिक सहयोग गरेको छ । संञ्चालक किरण राई र कविता राईले पुनलाई ५० हजार ५०५ रुपयाँ नगद सहयोग गरेको हो । किताव बेच्दै मंगलबार गाईघाट आईपुेका पुनलाई राई दम्पतीले रकम सहयोग गरेको हो ।

पुनले मंगलबार र बुधबार गरी दुई दिन गाईघाटमा आफ्नो पुस्तक बेच्ने छन् । उनले आफ्नो पुस्तक बेचेर राष्ट्रिय आविस्कार केन्द्रको सुधार र नेपालमै बैज्ञानिक उत्पादन गर्ने लक्ष राखेको छ । सोही अनुरुप पुनले देशैभरी किताव बेच्दै अभियान चलाएको छ । सोही अभियानमा सहभागी जनाउँदै जिके पुस्तक गाईघाटले रकम सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै पुनले जिके पुस्तक पसललाई धन्यवाद व्यक्त गरे । उनले उक्त रकम कृषी औजार कारखानाको लागि लगानी गर्ने जनाए । पुनले प्राप्त रकम बराबरको किताव पनि जिके पुस्तक पसललाई उपलब्ध गराउने जनाए । सो रकम बापतको पुस्तक उपलब्ध गराउँदै गाईघाटमा रहेको लायवेरी, विद्यालयहरुलाई, युवाहरुलाई उपहा प्रदान गर्न सक्ने जनाए ।