गाईघाट बजारमा दशैँको लागि सामान किन्नेहरुको घुँईचो, फोटो फिचर सहित

पूर्णपुष्टि, असोज २३
केहि दिन देखि गाईघाट बजार भिँडभाँडले अस्तव्यस्त छ । यहाँका बजार पसल र बैँङकहरुमा अहिले थेगि नसक्नुको भिँड छ । दशैँको लागि खाद्यन्न, लत्ता कपडा, घरायसी समाग्रीहरु किन्न उदयपुरका सदरमुकाम गाईघाटमा जिल्लाका बभिन्न पहाडी ठाउँबाट मानिसहरु आउने गर्छन् ।

बैँक लाईन

अहिले गाईघाट बजारको हरेक खाद्यन्न तथा किराना पसल, कपडा पसल, जुत्ता चप्पल पसल, होटल, डिपार्टमेन्ट स्टोरहरु सँगै बैँङ र बैँङ लाईनका बजारका मुख्य चोकहरु भिँडभाँडले भरिएको छ । साथै सामान खरिदका लागि सवारी आवत जावत पनि अत्यादिक बढेको छ । दशैँको लागि घरायसी र लत्ता कपडा किन्नका लागि अहिले दशैँ नजिक मानिसहरु अत्यादिक पसलमा भिँड भएको व्यापारीहरु बताउँछन् । यो बेला सबै खालको घरायसी कुराको आवश्यक पर्ने भएका कारण खाद्यन्न तथा किराना पसलहरुमा सामान खरिदका लागि अत्यादिक भिँडभाँड बढेको बिके किराना पसलका प्रोपाईटर भरत सिंह राईले बताउनुभयो ।


उहाँले अन्य समयमा सामान्य घुइँचो भएतापनि दशैँ लगायत चाँडबाँडको समयमा भने ग्राहकहरुको अत्यादिक भिँड रहने बताउनुभयो । दशैँ नेपालीहरुको निकै महत्व र ठुलो चाँड भएका कारण यस बेला नयाँ कपडा तथा जुत्ता चप्पल किन्नेहरु अत्यादिक हुने कपडा पसलका एक व्यपारीले जनाए । अरु बेला आवश्यक परेको खण्डमा मात्र कपडा किन्ने ग्राहकहरु भएपनि यो बेला नयाँ कपडा किन्नेहरु अत्यादिक आउने कपडा व्यापारीहरु बताउँछन् ।यता बैँङकहरुमा दशैँ खर्च र नयाँ नोट साट्न अत्यादिक भिँडभाँड हुने गरेको बैँङकका कर्मचारीहरु बताउँछन् । सिदार्थ बैँङक गाईघाट शाखाका म्यानेजर सुनिल पोखरेलले दशैँमा सबैलाई खर्च चाईने भएको हुँदा बैँकमा भएको पैसा निकाल्ने र बिभिन्न देश विदेश बाट पठाएको पैसा समेत खर्चका लागि झिक्ने पठाउने कार्यले पनि बैँकमा यो बेला अत्यादिक भिँड बडेको बताउनुभयो । पैसा निकाल्ने सँगै नयाँ नोट साट्नेको पनि यो वेला उत्तिकै भिँड रहने पोखरेलले बताउनुभयो ।

पिपलचोक काउन्टर


यस्तै दशैँको समयलाई मध्यनजर गर्दै सवारी आवतजावतलाई व्यवस्थीत गरिएको ट्राफिक प्रहरी उदयपुरले जनाएको छ । केहि दिन पहिले सवारी र यात्रुहरुको सहजीकरणलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुर ट्राफिक प्रहरी उदयपुरको समन्यमा गाईघाट त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष समेत राखिएको छ ।

बिपि चोक

अहिले भिँडभाँड हुने बजारका मुख्य चोकहरुमा यात्रु र सवारीहरुलाई व्यवस्थीत गर्न जेव्रा क्रसिङको पनि व्यवस्था गरिएको उदयपुर ट्राफिक इन्चार्ज लिलाराज श्रेष्ठले बताउनुभयो ।अत्यादिक भिँडभाँडको ठाउँमा प्रहरी र ट्राफिकको पूर्ण निगरानी र सवारीहरुमा कडाई समेत गर्दै आएको इन्चार्ज श्रेष्ठले बताउनुभयो ।

ट्राफिक चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: