
पूर्णपुष्टि, असोज २३
त्रियुगा नगरपालिका वडा नं १३ मा नेपाल आदिवासी जनजाति वडा समन्वय समितिको भेला तथा वडा कमिटि गठनको काम भएको छ । शनिवार भेलाले वडा कमिटि गठन पनि गरेको हो । सिंह बहादुर राईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति रहने गरी वडा कमिटि गठन भएको हो ।
हाल सम्म त्रियुगा नगरपालिकामा ३ ओटा वडाहरुमा मात्रै कमिटि गठन भएको नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वयका अध्यक्ष भैरब श्रेष्ठले बताए । हाल पालिकाको ७, १२ र १३ मा मात्र कमिटि गठन गरिएको श्रेष्ठले बताए ।
वडा कमिटि गठनको काम निरन्तर रहेको श्रेष्ठले बताए । उनले नगरपालिकाको १६ ओटै वडाहरुमा कमिटि गठन गरी मंसिर सम्ममा नगर अधिवेशन गर्ने जनाएको छ ।यस भेला कार्यक्रममा आदिवासी जनजाततिहरुको हकहित बारे बक्ताहरुले कुरा उठाएको छ ।
सरकारले आदिवासी जनजातिहरुको हकहितमा संविधान नबनाएको भन्दै असोज ३ कालो दिन भन्ने पनि गरिने बक्ताहरुले बताए । यहाँको पुरानो वासिन्दाको रुपमा आएको आदिवासी जनजातिहरुको इच्छा विपरिद र अधिकार विहिन संविधान आदिवासी जनजातिहरुले बहिस्कार समेत गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले देशमा आदिवासी जनजातिहरुको नेतृत्वका लागि सबै एकजुट भईकन लाग्नु पर्ने बताए । मेयर चौधरीले देश विकास देश निर्माणमा आदिवासीहरुको पनि उत्तिकै भुमिका रहेको हँदा सरकारले आदिवासी जनजातिहरुको हक अधिकार कुनै आवाज विनानै पनि सुनिश्चित पार्नु पर्ने बताए । आदिवास जनजाति माहासंघ उदयपुरका अध्यक्ष गैरि संकर उदासले सबै जातिहरुको पहिलो अबिभावक सरकार रहेको बताउँदै उनिहहरुको संस्कार संस्कृतिको जगेर्णा गर्नु पर्ने बताए ।
उनले देशमा भएको कयौँ भाषा, संस्कृति, धर्म र जातिलाई संरक्षण गर्दै लैजानु पर्नेमा जोड दिए । उनले हाल सम्म आदिवासी जनजातिहरुको हक हितमा सरकारले खासै चासो नदिएको बताए । जिम्मेवारी र नेतृत्वको स्थानमा आदिवासी जनजातिहरु आफै पुगेर आफ्नो अधिकार आफै संरक्षण गर्नु पर्ने दिन आएको उदासले बताए । आदिवासी जनताजातिहरुको विपरिद व्यक्ति र नेतृत्वले आफुहरुले कहिले अधिकार नपाउने भन्दै जिम्मेवारीका लागि हामि पनि सक्षम हुनु पर्ने उनले बताए ।
कार्यक्रममा अब आउँदै गरेको जनगणनामा सबै जनजातिहरुले आफ्नो धर्मको प्रश्नमा प्रकृतिक धर्म लेखाउनु पर्ने कुरा उठेको छ । यो हिन्दु, कृष्टियण धर्महरु भनेको बाहिरा बाट आएर बसोवास गर्ने र बाहिरको धर्म रहेको बक्ताहरुले बताए । आफ्नो धर्मलाई प्राकृतिक धर्म भन्ने बित्तिकै किरात, बौद्धिष्ट लगायत आदिवासी जनजातिहरुको धर्म भन्ने बुझिने जनाएको छ ।
