Monday, April 20News That Matters

पोखरीमा डुबेर बालकको मृत्यु

पूर्णपुष्टि, असोज २४
मोरङ सुनवर्षी नगरपालिका ९ डायनिया का श्याम प्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंहको पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो पौने १ बजे आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगाधुईरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाईते भएको बालकको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।